दफा १८
सेवा उपलब्ध गराउनु पर्ने
(१) अनुमतिपत्र प्राप्त संस्था वा यस ऐन बमोजिम अनुमति लिनु नपर्ने उपभोक्ता संस्थाले आफ्नो सेवाक्षेत्रभित्र न्यायोचितरुपले खानेपानी तथा सरसफाइ सेवा उपयोग गर्न पाउने गरी आवश्यक व्यवस्था गर्नु पर्नेछ।
(२) अनुमतिपत्र प्राप्त संस्थाले सार्वजनिक, संस्थागत तथा व्यावसायिक उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराउँदा पानीको परिमाणात्मक उपयोग तथा पानी उपयोग गरे पश्चात निस्कने: फोहोरपानीको व्यवस्थापन सम्बन्धमा त्यस्ता सार्वजनिक, -संस्थागत तथा व्यावसायिक संस्थासँग आपसी सम्झौता गरी सेवा प्रदान गर्न सक्नेछ।
(३) उपदफा (१) बमोजिम आफ्नो सेवा क्षेत्रभित्र खानेपानी तथा सरसफाइ सेवा उपलव्ध गराउँदा कुनै पनि आधारमा भेदभाव गर्न पाइने छैन।
(४) यस दफा बमोजिम सेवा उपलब्ध गराउँदा घरेलु उपयोगको लागि उचित व्यवस्था गरेर मात्र सार्वजनिक, संस्थागत, व्यावसायिक तथा औद्योगिक प्रयोजनको लागि पानीको स्रोतको प्रयोग गर्नु पर्नेछ।